विषादीको विकल्पमा ‘जैविक झोल’
gorkhapatraonline.com · Mon May 18 03:44:07 GMT 2026

म्याग्दी, जेठ ४ गते । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ ।
स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नामकरण गरेको छ । परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगँैचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम