मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेनाल्टी सुटआटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

annapurnapost.com · Fri Dec 09 21:02:00 GMT 2022

दोहा: क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम चारमा पुगेको छ। लुसेल रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुरुआती दुई पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स उत्कृष्ट पुनरागमन गरेर पनि हार टार्न असफल रह्यो।

नेदरल्यान्ड्सका लागि पहिलो पेनाल्टी प्रहार गरेका कप्तान भर्जिल भान डाइकले गरेका प्रहार अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले बचाएका थिए। अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसीले पहिलो पेनाल्टीमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)