सर्वसम्मत नेतृत्व चयनमै ओलीको जोड बढाए पदाधिकारीको संख्या
shilapatra.com · Fri Nov 26 19:12:05 GMT 2021
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयनको उद्देश्यले पार्टीको पदाधिकारीको संख्या बढाइएको छ । बन्द सत्र अघिकोअन्तिम केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउने प्रस्ताव पेश गरेका थिए । उनले विधान महाधिवेशबाट पारित १५ सदस्यीय पदाधिकारीलाई बढाएर १९ जना पुर्याउने प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्षको त्यस प्रस्तावलाई अनुमोदन गरेको हो ।
विधान महाधिवशेनबाट पारित भएको प्रस्तावमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष महासचिव १ उपमहासचिव सात सचिवको व्यवस्था गरेको थियो । त्यसलाई केन्द्रीय कमिटीले सच्याउँदै २ उपमहासचिव र २ उपाध्यक्ष थप गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब एमालेमा ३ उपमहाचिव र ६ उपाध्यक्ष हुनेछन् । यो प्रस्ताव बन्द शत्रबाट पारित गरेर विधान संशोधन भएपछि लागू हुनेछ । पदाधिकारीको सख्या बढाएसँगै एमालेभित्र सर्वसम्मतबाट नेतृत्व चयनको संभावना बढेको सचिव योगेश भट्टराईले बताए ।‘नेकपा एमालेले सबैलाई समेट्दै अघि बढोस् भन्ने सदस्यहरुको सुझाव अनुसार सबैलाई समेट्नका निम्ति पदाधिकारीको संख्या बढाइएको छ । अब सर्वसम्मत हुने संभावना बलियो भएको छ,’ भट्टराईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)