युक्रेनी नुनखानीको सहर कब्जा गरेको रूसको दाबी
annapurnapost.com · Sat Jan 14 00:38:00 GMT 2023
युक्रेन (एएफपी) : रूसले युक्रेनी नुनखानीहरूको नगर सोलेदार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। जसलाई रूसले हालसम्मको आक्रमणमा भएको ‘महत्त्वपूर्ण कदम’ बताएको छ। उक्त जितले रूसी फौजलाई नजिकैको ठूलो युक्रेनी सहर बख्मुतका लागि आपूर्ति मार्ग अवरुद्ध पार्न सघाउने रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ।
‘अब रूसी फौजले महिनौंदेखि आक्रमण गरिरहेको बख्मुत सहरमा युक्रेनी फौजलाई सम्पर्क विच्छेद गर्दै एक्ल्याउन सक्ने अवस्था बनेको छ,’ मस्कोस्थित रक्षा मन्त्रालयले भनेको छ। युक्रेनी अधिकारीहरूले भने सोलेदारमा लडाइँ जारी रहेको भन्दै रूसले ‘सूचनाको हल्ला’ मच्चाएको आरोप लगाएका छन्। बीबीसीका अनुसार सोलेदार र आसपास भएका लडाइँ यस युद्धकै सबैभन्दा रक्तपातपूर्णमध्येका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)