मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायलमा मारिएका गणेशको २० दिनपछि अन्त्येष्टि

ekantipur.com · Sat Oct 28 01:26:37 GMT 2023

बझाङ — भूकम्पले असोज १६ मा घर भत्काएपछि माइलो छोरा गणेशले इजरायलबाट फोन गरेर जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीलाई ‘अब भत्किएको घरमा नबस्नू, अर्को नबनाउन्जेल टिनको छाप्रो बनाएर सुरक्षित बस्नू’ भनेका थिए । यतिबेला धनलाललाई छोराले ढाडसमा भनेका तिनै अन्तिम संवादले चिमोटिरहेको छ ।

‘यता मेरो चिन्ता नगर्नू, तपाईंहरू सुरक्षित बस्नू भन्थ्यो । आफैं लास भएर आयो ।’ हमास विद्रोहीको आक्रमणमा परी इजरायलमा मृत्यु भएका गणेशको दाहसंस्कार गर्ने क्रममा धनलाल पटकपटक भक्कानिए । मृत्युको २० दिनपछि गणेशको शव बझाङ ल्याइएको हो । शुक्रबार दाहसंस्कार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)