टी-२० सिरिजमा नेपालको विजयी सुरुवात, हङकङलाई ६ विकेटले हरायो
farakdhar.com · Tue Aug 22 09:55:05 GMT 2023
चार देशसम्मिलित महिला टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले सिरिजमा विजयी सुरुवात गरेको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि सम्झना खड्काले अविजित ३६, पूजा महतोले १६, कप्तान रुबिना क्षेत्रीले १० र इन्दु वर्माले ९ रनको योगदान दिए । विन्दु रावल शून्यमै आउट हुँदा सीता राना मगर ३ रनमा अविजित रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)