अमेरिकी लडाकु विमान आकाशमा ठोकिएर खसे
kendrabindu.com · Mon May 18 03:46:14 GMT 2026

काठमाडौं । अमेरिकाको इडाहोमा आइतबार गनफाइटर स्काइज एयर सोका क्रममा दुईवटा अमेरिकी नौसेनाका ईए-१८जी ग्रोलर लडाकु विमान आकाशमै ठोकिएर खसेका छन्।
इडाहोको माउन्टेन होम एयर फोर्स बेसमा एयर सोका क्रममा ती विमान आपसमा ठोकिएर दुर्घटना भएका हुन्।
यद्यपि दुवै विमानमा रहेका चालक दलका चारै सदस्य भने दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि प्यारासुटका माध्यमबाट सुरक्षित रूपमा बाहिर निस्किन सफल भएको समाचार एजेन्सी एपीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)