रास्वपा को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन सभापतिमा चार जनाबीच प्रतिस्पर्धा, उम्मेदवारी शुल्कलाई लिएर असन्तुष्टि
barnanmedia.com · Wed Jun 10 23:09:21 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्द सत्र पछि मतदानको प्रक्रिया अघि बढेको छ। ६१ सदस्यीय नयाँ प्रदेश समिति चयनका लागि पार्टीको कानुन विभागअन्तर्गतको निर्वाचन समितिले मतदानको अन्तिम तयारी गरेको हाे।
नेतृत्व चयनको दौडमा सभापति पदका लागि चार जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल, झापाका चन्द्रबहादुर गौली र सुनसरीकी वर्तमान कार्यवाहक सभापति गोमा तामाङबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)