मागभन्दा धेरै हुन्छ नेपाली केराकाे उत्पादन : बजार भने भारतीय केराकाे कब्जामा
shilapatra.com · Thu Sep 15 00:58:19 GMT 2022
सामान्य समयमा १५–१६ ट्रक मात्र केरा भित्रिने गरेकोमा दसैँ नजिकिएसँगै भारतबाट विभिन्न नाकाहुँदै दैनिक ३० ट्रकभन्दा धेरै केरा आयात भइरहेको भन्सार विभागले जनाएको छ । बुधबारदेखि दसैँलक्षित काठमाडौंमा मात्रै दैनिक ८ देखि १० ट्रक केरा भित्रिन थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी केरा उत्पादन गर्दै आएका किसान तथा व्यवसायीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएका छन् । केरा उत्पादक संघले पटक–पटक भारतीय केराको आयात रोक्न कृषि मन्त्रालयमा विज्ञप्तिसमेत बुझाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)