सामुदायिक वनद्वारा सीपमूलक तालिम सञ्चालन
barnanmedia.com · Sun May 04 22:14:38 GMT 2025

यहाँको गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले प्लम्बिङ पेसामा आबद्ध हुनुहुन्छ । सुवनले मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।
केही वर्षअघि गौरीगङ्गा–७ स्थित सुनपाल सामुदायिक वनले आयोजना गरेको सीपमूलक तालिममा सहभागी भइ उहाँले प्लम्बिङ सिक्नुभएको थियो । सीप सिकेपछि धेरैले वैदेशिक रोजगारी रोजे । तर, सुवनले भने गाउँमै बसेर काम गरिरहनु भएको छ । “सँगै तालिम लिने साथी कोही तेस्रो मुलुक गए, कोही भारततिर लागे, म भने यतै बसेर काम गर्छु,” सुवनले भन्नुभयो । हाल उहाँ ड्राइभिङ तालिम पनि लिइरहनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)