मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोगबुढा र महाकाली नदीमा गेज मिटर स्थापना, चौधर नदीमा सर्वेक्षण हुँदै

barnanmedia.com · Sun May 04 22:10:18 GMT 2025

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढी पूर्वसूचनाका लागि तयारी तीव्र थालेको छ । यसै क्रममा कार्यालयले कञ्चनपुरको महाकाली र दोधारा चाँदनीको कुतियाकवरस्थित जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गरेको छ ।

यहाँको चौधर नदीमा बाढी पूर्वसूचनाका लागि चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिनुभयो । “महाकाली नदी र जोगबुढा नदीमा गेज मिटर स्थापना भइसक्यो । बाढी पूर्वसूचनाका लागि चौधर नदीमा चेतावनी र खतरा तहको सर्वेक्षण गरिएको छ”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)