मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विचारकहरु र राष्ट्रको नियति

ratopati.com

सोभियत संघको अन्तिम दुई दशकताका त्यो देशका प्रमुख विचारक थिए मिखाइल सुसलोव । सन् ६० को दशकको सुरुवातदेखि ८० को दशकको सुरुवातसम्म मिखाइल सुसलोवले सोभियत संघको गति र दिशालाई निर्देशित गरेका थिए । सुसलोव खु्रश्चेव र ब्रेझ्नेव युगका मुख्य विचारक मानिन्थे । अझ १८ वर्षसम्म चलेको ब्रेझ्नेव युगको मुख्य हर्ताकर्ता मिखाइल सुसलोव नै थिए ।

ब्रेझ्नेव युगलाई सुस्तताको युग मानिन्छ । यसै समयमा सोभियत संघ अमेरिकाभन्दा पछाडि पर्‍यो र ब्रेझ्नेवको मृत्यु भएको ९ वर्षभित्रै सोभियत संघको विघटन भयो । मिखाइल सुसलोवलाई पार्टीको विचारक मानिए पनि उनको खास काम भने पार्टीका महासचिब ख्रुश्चेव वा ब्रेझ्नेवको भाषणमा लेनिनका समयमा सान्दर्भिक उक्तिहरू फिट गर्नु मात्र थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)