सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड भ्रष्टाचार पुष्टि
barnanmedia.com · Sun May 04 22:40:10 GMT 2025

सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड ७५ लाख भ्रष्टाचार भएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रको मागदावी विशेष अदालतबाट सदर भएसँगै सो खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० मा मुद्दा दायर गरेको थियो। आइतबार विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित तीन जनालाई दोषी ठहर गर्यो। बाँकीलाई सफाइ दियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)