अनिश्चित बन्यो जनमत र नागरिक उन्मुक्तिबीचको एकता, रेशमसँग रञ्जिता रुष्ट
barnanmedia.com · Sun May 04 22:57:48 GMT 2025

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच १७ वैशाखमा एकता तय भएपनि अन्तिम समयमा आएर भाँडियो। नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता टरेको देखिन्छ। तर, वास्तविकता फरक छ, रेशम पक्राउ पर्दा एकता टरेको त हो तर उनी पक्राउ नपरेको भए पनि त्यो दिन एकता हुँदैनथ्यो। रेशम कार्यक्रम स्थलमा पुगे पनि नाउपा अध्यक्ष एवं रेशम पत्नी रञ्जिता श्रेष्ठ त्यो दिन अस्पताल भर्ना भइसकेकी थिइन्। अनि जनमतका अध्यक्ष सिके राउत पनि कार्यक्रम स्थलमा पुगेका थिएनन्।
कारण हो, एकताका लागि भागण्डा नै टुंगिएको थिएन। रेशम संरक्षक, सिके अध्यक्ष र रञ्जिता सहअध्यक्ष हुने मोटामोटी सहमति थियो, त्यही अनुसार पार्टी एकता प्रक्रिया अगाडि बढायो। तर, रञ्जिता कार्यकारी अधिकार पनि खोज्ने अनि सिके सबै अधिकार आफू मातहत राख्ने भएपछि अन्यौल बढिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)