निर्वाचनमा ४ लाख सुरक्षा जनशक्ति
annapurnapost.com · Thu Nov 03 00:51:00 GMT 2022
शान्तिपुुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन देशैभरि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनको तयारी रहेको नेपाल प्रहरीले जनाएको छ। आगामी निर्वाचनलाई दृष्टिगत गर्दै सातवटै प्रदेशमा १ लाख ८६ हजार ६९३ जना सुरक्षा जनशक्ति परिचालनको तयारी रहेको प्रहरीले जनाएको हो। एकीकृत सुरक्षा योजना बमोजिम नेपाल प्रहरीसँगै १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरी समेत परिचालन गर्ने योजना रहेको बताईएको छ।
जसअन्तर्गत प्रदेश १ मा १९ हजार ९६३, मधेश प्रदेशमा २३ हजार ७७१, बागमतीमा १९ हजार ६७८, गण्डकीमा १२ हजार ३४०, लुम्बिनीमा १८ हजार ६११, कर्णालीमा ९ हजार ७८ र सुदुरपश्चिम प्रदेशमा ११ हजार ५५९ जना म्यादी प्रहरी परिचालनको पूर्वतयारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले बताए। उनले सुरक्षा संवेदनशीलताको आधारमा विभिन्न मतदान केन्द्रमा प्रहरी जनशक्ति खटाईने जानकारी दिए। उनले भने, ‘प्रहरीको टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाई गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)