नीति कार्यक्रममा छुटेका नारा !
Ujyaaloonline.com · Sun May 04 23:14:14 GMT 2025

सरकारले ल्याएको नीति तथा कार्यक्रम यो पालि नून नहालेको तिउनजस्तै भो । सत्तापक्षका सांसदले समेत टेबल ठोकेनन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने पुरानै थेगोबाहेक अरू रोचक नारै नभएपछि नीति कार्यक्रम खल्लै भयो ।
पहिले–पहिलेका नीति कार्यक्रममा गजब गजबका नारा हुन्थे । जस्तै : ‘बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा’ ‘चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नै देश’, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’, ‘सामुदायिक वन, फलाउनेछ धन’, ‘शिक्षक ल्याउने, सिकाउने र टिकाउने’, ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ । यस्ता रोचक र रसिला नारा सुन्दा आनन्द मिल्थ्यो । सबैथोक पुगेजस्तै, भएजस्तै, मिलेजस्तै लागेर मन गदगद हुन्थ्यो । तर यसपालि सरकारले गदगद बनाउने नीति र कार्यक्रम ल्याएन । उखान टुक्का भन्न र हावादारी सपना देखाउन खप्पिस प्रधानमन्त्रीले समेत रोचक र रसिला नारा मिसाउन अल्छी माने । नीति कार्यक्रम बनाउन बसेका अर्थ मन्त्रालयका मन्त्री र अरू कर्मचारीको दिमागमा पनि नारा फुरेन ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)