राष्ट्रिय परीक्षा बोर्डले भन्यो-‘गलत सूचनाको विश्वास नगर्नु’
barnanmedia.com · Sun May 04 23:09:26 GMT 2025

राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्न पत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो।
बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा सुरु हुनु अगावै निश्चित विद्यालयका विद्यार्थीले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवम् जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)