मन्त्री चौधरीको थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसँग छलफल
nagariknews.nagariknetwork.com · Thu Jul 02 09:15:43 GMT 2026

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसँग भेटघाट तथा छलफल गरेेकी छन्। थाइल्याण्डस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले नेपाली समुदायसँग विभिन्न विषयमा संवाद गरेकी हुन्।
भेटका क्रममा कृषि, वन लगायतका क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। नेपालमा रहेका सम्भावना, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता विकास तथा सीप आदान–प्रदानका विषयमा नेपाली समुदायले आफ्ना धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)