पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै
abhiyandaily.com
पर्वत । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित बिरामी बढ्दै गएको र आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएकाले जिल्लामा स्वास्थ्य सामग्री ल्याउने कार्य अघि बढेको हो ।
अन्तरराष्ट्रिय लायन्स क्लबको १ करोड १७ लाख, जिल्लामा सक्रिय लायन्स क्लब अन्तर्गतका विभिन्न ८ क्लबबाट २३ लाख र कुश्मा नगरपालिकाको १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ लागत साझेदारीमा स्वास्थ्य सामग्री ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवं अस्पताल सम्बद्ध उपकरण खरीद तथा व्यवस्थापन समितिका संयोजक वसन्त कर्माचार्यका अनुसार उक्त रकमबाट जर्मन प्रविधिमा आधारित अत्यावश्यक स्वास्थ्य सामग्री खरीद सम्झौता भइसकेको छ, जसमध्ये कोभिडका बिरामीलाई पनि सहज हुनेगरी अहिले अक्सिजन कम्प्रेसर मेशिनलाई पहिलो प्राथमिकता दिएर ल्याउने तयारी गरिएको कर्माचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)