स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
shilapatra.com · Wed Nov 29 16:47:22 GMT 2023
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । रेडियो नेपालमा आज बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताएकी हुन् ।
उनले भनिन्, 'गीतसङ्गीतको प्रवर्द्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्त्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार क्षेत्रमा भएको विकासअनुरुप आफूलाई परिस्कृत गर्दै जनताको आवाज मुखरित गर्ने माध्यम बन्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)