६ लेन सडक छिटो पूरा गर्न भन्दै इटहरी उपमहानगरको पत्राचार
baahrakhari.com · Wed Feb 22 16:55:00 GMT 2023
विराटनगर । इटहरी उपमहानगरपालिकाले निर्माणाधीन ६ लेन सडकअन्तर्गत तरहराको सुनसरीको पानीपियादेखि सेउती खेलासम्मको सडक निर्माणको काम चाँडो पूरा गर्न ध्यानाकर्षण गरेको छ ।
सडक आयोजना प्रमुखलाई बुधबार पत्राचार गरी उपमहानगरले सडक निर्माणको कामलाई गति दिन र समयमै पूरा गर्न आग्रह गरेको हो । सडक निर्माणको काम सुस्त हुँदा दैनिक सर्वसाधरणले सास्ती बेहोर्नुपरेको भन्दै इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले आयोजनालाई पत्राचार गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)