एभिनियर बुढासुब्बा फाइनलमा
ekantipur.com · Thu Mar 02 16:56:02 GMT 2023
सुनसरी — धरान रंगशालामा भइरहेको बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको उपाधि नजिक पाहुना टिम एभिनियर एसपी क्यामरुन पुगेको छ । जिल्ला फुटबल संघ मोरङलाई २–० गोलले हराउँदै एभिनियर फाइनलमा पुगेको हो ।
खेलको ४४ औं मिनेटमा टिम्बाले गोल गरेर एभिनियरलाई अग्रता दिलाए । मोरङका गोलरक्षक प्रान्जाय गच्छदार बिट भएको अवस्थामा सवा अलीले मिलाइदिएको पासमा टिम्बाले गोल गरेका थिए । उनले पहिलो प्रहार क्रसबारमा ठोक्किएर फर्कियो । रिबाउन्डमा फेरि उनैले बललाई पोस्टको दिशा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)