टेरामक्ससँगै एमडीएमएसको पनि छानबिन सुरु
ekantipur.com · Fri Jan 19 00:42:15 GMT 2024
काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि छानबिन गर्ने भएको छ ।
सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियाका क्रममा विभिन्न १२ क्षेत्रमा अनियमितता भएको उल्लेख गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गर्न निर्देशन दिइसकेको अवस्थामा अब सूचना प्रविधि समितिले पनि छानबिन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)