विवेकशील साझाका सात जना केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग
ratopati.com
विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन्। अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन्। पार्टीबाट राजीनामा दिए पनि अहिले आफूहरुले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिनसकेको वागमती प्रदेशका सांसद समेत रहेका विराजभक्त श्रेष्ठले बताए ।
विवेकशील साझा त्यागेपछि अहिले आफू स्वतन्त्र रहेको उनको भनाइ छ । उनीहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)