सांसदबिनै मन्त्री माग
ekantipur.com · Sat Mar 19 01:14:37 GMT 2022
कास्की — सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सहभागी गराउने चर्चा चलेसँगै एकीकृत समाजवादीले आफ्ना एक जना पनि सांसद नरहेको गण्डकी प्रदेशमा मन्त्री मागेको छ । गठबन्धनका नेताबीच गण्डकी सरकारमा एकीकृत समाजवादीलाई सहभागी गराउनेबारे सहमति भइसकेको बताइएको छ ।
संविधानको धारा १७० मा गैरसांसदलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर सरकारमा जाने समाजवादीको तयारी छ । फागुन ३० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी पुगेर सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)