रुससँग पश्चिमा देश टाढिँदा ‘नयाँ पुल’मार्फत सम्बन्ध प्रगाढ बनाउँदै चीन
baahrakhari.com · Fri Jun 10 17:34:00 GMT 2022
राेयटर्स । रुस र चीनले सुदूर पूर्वमा एउटा नयाँ सीमापार पुल सञ्चालन गरेका छन् । यसले दुई देशबिचको व्यापार बढ्ने र रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशहरूले उमाथि लगाएका प्रतिबन्धहरूबाट पुगेको क्षतिबाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रुसी सहर ब्लागोभेस्चेन्स्कलाई चीनमा हेइलोङजियाङ भनेर चिनिने अमुर नदीको किनारमा रहेको चिनियाँ सहर हेइहेसँग जोड्ने दुई लेनकाे एक किलोमिटर लामो पुल शुक्रबार उद्घाटन गरिएको हो । उक्त पुल १९ बिलियन रुबल (३४२ मिलियन डलर) लागतमा निर्माण गरिएको रुसी समाचार संस्था आरआईएले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)