मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्रमन्त्री चीन भ्रमणमा जानुहुने

gorkhapatraonline.com · Wed Jun 10 23:48:39 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । छिमेकी सम्बन्धको आयामलाई थप बलियो र सन्तुलित बनाउने उद्देश्यसहित उहाँ चीनको औपचारिक भ्रमणमा जानुहुने भएको हो । त्यसका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आधिकारिक मिति भने मन्त्रालयले तय गरेर पछि सार्वजनिक गरिने छ । मन्त्री खनाल भर्खरै मात्र भारत भ्रमण गरेर फर्कनुभएको हो । बुधबार मन्त्रालयले आयोजना गरेको विशेष अन्तर्वि्रmयामा खनालले परराष्ट्र मन्त्रालयको आन्तरिक तथा बाह्य मामिला सुधारका लागि गृहकार्य गरिरहेको बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने छ । विदेशी कूटनीतिज्ञका लागि लुम्बिनी फेलोसिप कार्यक्रममार्फत नेपालमा आबद्ध गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)