प्रभाव क्षेत्रमै बढारियो एमाले, जताततै रास्वपा हावी
shilapatra.com · Fri Mar 06 18:05:08 GMT 2026

विगतका चुनावी नतिजा हेर्दा काठमाडौं उपत्यका, कास्की, मोरङ, झापा, सुनसरीलागयतका जिल्लामा एमालेको वर्चश्व रहने गरेको थियो । मुख्यगरी वामपन्थी मतहरूको प्रभाव रहेका ती जिल्लामा अहिले एमाले कमजोर मात्र भएको छैन, रास्वपा हावी भएको छ । जस्तो, कास्कीका तीनवटा निर्वाचन क्षेत्र एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिन्थ्यो ।
विगतका चुनावमा एमालेले पटक–पटक जित निकालेको थियो । त्यसैले एमालेको लालकिल्लाको रूपमा कास्कीलाई लिइएको थियो । तर, ती क्षेत्रमा एमालेले लज्जास्पद मत पाइरहेको छ । रास्वपाले जित निकालको कास्की तीनमा निकटतम् प्रतिद्वन्द्वी पनि भएन । रास्वपाकी विना गुरुङले यो क्षेत्रमा जित निकालेकी छिन् र उनलाई टक्कर भने कांग्रेसका उम्मेदवार मोहनराज गुरुङले दिएका छन् । विनाले ३२ हजार ११२ मत प्राप्त गर्दा कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत मात्रै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)