बेलायतमा कोरोना संक्रमण मापन दर जुलाई पछिकै कम
ratopati.com
लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको तह निरन्तर रुपमा घट्दै गएको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो तथ्याँकअनुसार संक्रमण मापन दर (आर) ०.७ देखि ०.९ को बीचमा रहेको छ । जुन जुलाइयताकै सबैभन्दा कम हो । हाल जारी लकडाउनका कारण संक्रमण दरमा कमी आएको अधिकारीहरुले बताएका छन् । यद्धपि संक्रमण दर अझै उच्च रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
गएको २४ घन्टामा थप १५ हजार १४४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कोरोना संक्रम दर लगातार बीस हजार भन्दा कम भएको यो आठौँ दिन हो यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या चार मिलियन नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)