ठूलो अन्तरको जितसँगै भारतलाई वान डे सिरिज
ekantipur.com · Wed Aug 02 00:51:34 GMT 2023
ट्रिनिडाड एन्ड टोबागो — भारतले वेस्ट इन्डिजलाई मंगलबार दुई सय रनको ठूलो अन्तरले पराजित गर्दै तीन खेलको वान डे सिरिज २–१ ले जितेको छ । भारतले दोस्रो वान डेमा गरेको खराब प्रदर्शनलाई ओझेलमा पार्दै ब्रायन लारा स्टेडियमा यो सफलता चुमेको हो ।
नियमित कप्तान रोहित शर्मा र विराट कोहलीलाई आराम दिएको भारतले त्यसका बावजुत पनि पहिले ब्याटिङ गर्दै पाँच विकेटमा ३ सय ५१ रन बनाएको थियो । त्यसको जवाफमा वेस्ट इन्डिजले ३५.३ ओभरमा अलआउट हुन अगाडि १ सय ५१ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)