पश्चिमी किनारमा इजरायली सेनाको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु
makalukhabar.com · Mon May 18 04:23:14 GMT 2026

एजेन्सी । वेस्ट बैंकको उत्तरी क्षेत्रमा रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गर्दै मृतकको पहिचान ३४ वर्षीय नुर अल–दिन फैयादका रूपमा गरिएको जनाएको छ । मन्त्रालयद्वारा जारी संक्षिप्त विज्ञप्तिअनुसार जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको छापा मार्ने क्रममा फैयादको तिघ्रामा गोली लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)