मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिष्ठान पुनर्संरचना गर्न सिफारिस

gorkhapatraonline.com · Wed Jun 10 23:55:39 GMT 2026

सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पुनर्संरचना गर्ने भएको छ । नेपाल सरकार अन्तर्गत रहेका बोर्ड समिति, आयोजना तथा अन्य संस्थागत संरचनाको खारेजी, एकीकरण तथा पुनर्संरचना सिफारिस उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनमा प्रतिष्ठानलाई पुनर्संरचना गर्न सरकारलाई सिफारिस गरिएको हो ।

भूमि, व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पुनर्संरचना गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको जनाएको छ । प्रतिष्ठान स्थापनाको मूल उद्देश्यसँग सम्बन्धित धेरै कार्य आदिवासी जनजाति आयोगबाट समेत हुने गरेकाले कामको दोहोरोपना हटाउन तथा वित्तीय भार घटाउने गरी यस प्रतिष्ठानलाई पुनर्संरचना गर्न उपयुक्त हुने भनेर कार्यदलले सरकारलाई सिफारिस गरेको हो । मन्त्रालयका उपसचिव विष्णुकुमारी भुसालले आदिवासी जनजाति प्रतिष्ठान पुनर्संरचना नै हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)