बिमा रकम भुक्तानीका लागि ज्ञापनपत्र
deshsanchar.com · Wed Apr 12 17:00:08 GMT 2023
विराटनगर – इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुझाएका छन्।
अध्यक्ष अधिकारीले आइएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाडौँमा आज ध्यानाकर्षणपत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्। कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको रु एक लाखका दरले बिमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)