मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईसँग खेल्दै 

neplays.com

मलेसियामा जारी एसीसी यू १९ मेन्स प्रिमियर कपको उपाधिका लागि भोलि मंगलबार नेपालले युएईसँग खेल्दै छ । सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उता, युएईले पनि सिंगापुरलाई सोही नियम अनुसार १० विकेटले पराजित गरेको थियो । पानी परेपछि उक्त नियम लगाइएको थियो ।

जारी प्रतियोगिताको फाइनलमा पुगेसँगै एसिया कप यू १९ मा भने दुवै टिमले स्थान पक्का गरिसकेका छन् । आजको विजेताले ट्रफी जित्ने छ । नेपाली टिम अहिले यू १९ विश्वकपमा छनोट भएकाले यो प्रतियोगिता अभ्यासका रुपमा उत्कृष्ट रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)