आठ घण्टा लाग्ने बुटवल-नारायणगढ यात्रा अब २ घण्टामै, दाउन्नेको सास्ती र जाम दुवै हट्यो
lokaantar.com

लामो समय र ठूलो लागतमा बुटवल–नारायणगढ सडक करिब तयार भएको छ। ४२ महिना (साढे तीन वर्ष) मा सक्ने गरी २०७५ चैतमा विस्तार शुरू भएको आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा आइपुगेको हो।
वैशाख सकिँदा सडकको काम झण्डै ९२ प्रतिशत पूरा भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्य खण्डमा पर्ने ११४ किलोमिटर लामो सडकमा ८ वर्ष सवारीसाधन, यात्रु र स्थानीयका लागि सकसपूर्ण सफर बनेको थियो । देशकै जीवनरेखा (लाइफलाइन) मानिएको सडकको बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटर दाउन्ने खण्डमा निरन्तर निम्तिइरहेका समस्याले अन्य विकासलाई समेत छायामा पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)