हेटौँडामा राजमार्ग विस्तारको काम थालियो
nepalsamaya.com · Mon Jul 31 16:38:00 GMT 2023
हेटौँडा- हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो।
राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए। ‘कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)