“चुनाव चिह्न सूर्य मैले नै छानेको हुँ, बेहाल हुनबाट जोगिन मूलधारमा फर्किनुहोस्”- प्रधानमन्त्री
lokpath.com · Wed Jan 27 16:48:12 UTC 2021
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताएका हुन।
कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)