विदेश यात्रामा सबै ल्याबको रिपोर्टलाई मान्यता दिन स्वास्थ्य मन्त्रालयको परिपत्र
pahilopost.com · Wed Jan 13 17:32:55 UTC 2021
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश यात्राका क्रममा कुनै विशेष प्रयोगशालाले गरेको कोभिड परीक्षण रिपोर्टमात्र मान्य हुनेगरि जारी सार्वजनिक सूचना कार्यान्वयन नगर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बैठकले विभिन्न कूटनीतिक नियोग, दूतावास तथा हवाइ उडानहरुले जारी गरेको सूचनामा ध्यानाकर्षण भएको भन्दै सो निर्णय गरेको हो।
मन्त्रालयले परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्णयबारे परिपत्र गरेको छ। निर्णयमा सबै प्रयोगशालाको परीक्षणलाई मान्यता दिने व्यवस्था गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)