रसुवामा हिमपातले जनजीवन प्रभावित
ratopati.com
रसुवा । हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ ।
हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी सुव्वा लामाले बताउनुभयो । हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)