मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेवानिका कर्मचारीले पारिश्रमिक पाउने

abhiyandaily.com

काठमाडौं (अस) । नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।

विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)