बचत फिर्ता नपाएपछि कान्तिभैरव सहकारीका पीडित धर्नामा
baahrakhari.com · Thu Dec 14 17:17:30 GMT 2023
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ ।
समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको एक अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)