मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो

annapurnapost.com · Tue May 11 06:20:00 GMT 2021

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको शनिबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा मृत्यु भयो। जोशीलाई शुक्रबार नै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई गाह्रो भएपछि अक्सिजन दिनुपर्ने भयो। तर, उनले अक्सिजन पाउन सकेनन्।

जोशी कञ्चनपुरको महाकाली नगरपालिकास्थित आयुर्वेद अस्पतालका कविराज हुन्। उनका आफन्तले अस्पतालमा पाइपलाइनबाट जोडिएको अक्सिजनको मात्रा अपुग भएपछि ज्यान गएको आरोप लगाएका छन्। कोभिड वार्ड परिसरमै रहेको अक्सिजन प्लान्टबाट पाइपको माध्यमले बिरामीलाई अक्सिजनको आपूर्ति गर्ने प्रबन्ध गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)