मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एसपीपीबारे अमेरिकालाई तत्काल पत्राचार नगर्ने नीति

ekantipur.com · Thu Jul 21 00:57:11 GMT 2022

काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने सरकारको निर्णयका विषयमा पत्राचार तत्काल नहुने भएको छ । मन्त्रिपरिषद्को करिब एक महिनाअघिको निर्णयअनुसार अझै अमेरिकालाई पत्र नपठाइएकामा विभिन्न राजनीतिक दलका नेताले प्रश्न गरिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा सम्बन्धित निकायहरूसँग अहिले गृहकार्य मात्र भइरहेको जनाएको हो ।

मन्त्रिपरिषद्ले गत असार ६ मा एसपीपीमा सामेल नहुने निर्णय गरेपछि मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेका थिए । निर्णय त्यतिबेलै मन्त्रिपरिषद कार्यालय हुँदै कूटनीतिक मामिलामा सम्बन्ध विस्तार र पत्राचार गर्नुपर्ने परराष्ट्र मन्त्रालयमा पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)