सावरकर, हिन्दूत्व र भारतीय संसद भवन
rajdhanidaily.com · Thu Jun 01 23:26:52 GMT 2023
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २८ मेका दिन अतिआधुनिक संसद् भवनको उद्घाटन गरेका छन् । १ हजार २ सय करोड भारतीय मुद्राको लागतमा निर्माण भएको सो संसद् भवनको क्षमता १ हजार २ सय २४ सदस्यका लागि रहेको छ । २८ मे २०२३ का दिन सावरकरको १४०औं जन्मोत्सवसमेत रहेको छ । २८ मेमा संसद् भवनको उद्घाटन हुनुजस्ता परिघटनाले भारतमा नयाँ विमर्शको सुरुवात भएको छ । अर्थात् आगामी निर्वाचनमा भारतीय जनता पार्टीको चुनावी रणनीति सावरकर र हिन्दूत्वको सेरोफेरोमा नै हुने कुरालाई आँकलन गर्न सकिन्छ । सावरकरप्रति मोदीको उच्च आदर रहेको छ । सन् २०१८ मा प्रधानमन्त्री हुनेबित्तिकै मोदीले सावरकरको प्रतिमामा श्रद्धा सुमन अर्पण गरेका थिए । सावरकर, हिन्दूत्व र भारतीय जनता पार्टीको त्रिकोणात्मक सम्बन्धको आलोकमा मोदीको रणनीतिलाई आँकलन गर्न सकिन्छ । भारतीय चुनावी राजनीतिमा सबभन्दा अधिक चर्चा हुने नाम नै सावरकर हो ।
भारतीय जनता पार्टीले सावरकरको नाम आदरसाथ लिने गर्छ भने भारतीय कङ्ग्रेसलगायत अन्य दलहरूले सावरकरलाई गान्धी हत्याको योजनाकारका रूपमा आरोपित गरेको पाइन्छ । सावरकर उच्च कोटीका विद्वान्, कवि, क्रान्तिकारी र समाज सुधारक हुन् । सन् १९०६ मा बेलायतमा सावरकरको भेट गान्धीसँग भएको थियो । उनले गान्धीलाई पाउन् (माछा) खान आग्रह गर्दा गान्धीले आफू शाकाहारी भएको भन्दै सावरकरको आग्रहलाई इन्कार गरेका थिए । सावरकरले गान्धीको विचारलाई प्रतिवाद गर्दै अंग्रेजसँग भिडन्त गर्न शाकाहारीभन्दा मांसहारी बढी उपयोगी हुने तर्क दिए । यसको प्रतिकात्मक अर्थ छ । क्रान्तिकारीका रूपमा सावरकरले ‘इन्डियन वार अफ इन्डिपेन्डेस’ लेखेका थिए । किताब प्रकाशित हुनुभन्दा पहिले नै पाण्डुलिपिलाई बरामद गर्दै सावरकरलाई अंग्रेजले बन्दी बनाई बेलायतबाट भारत चलान गरेका थिए । पानीजहाजको यात्राका क्रममा सावरकरले समुद्रमा नै हामफाले ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)