मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन पहल

ratopati.com · Sun Jan 14 01:23:00 GMT 2024

काठमाडौँ । देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसरी उपचार खर्च भुक्तानी गर्दै आएका छन् । तर एउटै व्यक्तिले विभिन्न निकायमार्फत यस्तो सुविधा प्राप्त गर्ने अवस्था देखिएसँगै स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाले जोड दिएका छन् ।

एउटै व्यक्तिले विभिन्न सरकारी निकायबाट दोहोरो औषधि उपचार सेवा सुविधा लिएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । एकद्वार प्रणालीमा जाँदा एउटा व्यक्तिले दोहोरो उपचार सेवा लिन नपाउने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)