प्रेस स्वतन्त्रताको रक्षाका लागि कांग्रेस लाग्छ : सहमहामन्त्री पाण्डे
farakdhar.com · Wed May 03 17:19:36 GMT 2023
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस सधैँ लाग्ने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर आज मनोहरा जेसिजले आयोजना गरेको अन्तक्रियामा उनले कांग्रेस प्रेस स्वतन्त्रताका लागि सधैँ लाग्ने बताएका हुन् । ‘आजको राजनीतिक उपलब्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो, यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)