'ब्लाइन्ड स्पट' भएका राजमार्गका जङ्गल क्षेत्रमा मोबाइलको नेटवर्क विस्तार गर्दै नेपाल टेलिकम
techpana.com · Thu Jul 02 10:00:54 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले राजमार्गका जङ्गल क्षेत्र तथा नेटवर्क नपुगेका स्थानहरूलाई लक्षित गरी कभरेज सुधारको कामलाई निरन्तरता दिएको छ । टेलिकमका सहायक प्रवक्ता प्रक्षेत थापाका अनुसार चितवनको भरतपुर र टाडी बजारको बीचमा पर्ने टिकौली जङ्गलमा हाल नेटवर्क विस्तारको काम भइरहेको हो ।
जुन भोलिसम्ममा सम्पन्न हुनेछ । यसैगरी, आँपटारीमा पनि यस्तै किसिमका उपकरणहरू राख्ने योजना समेत टेलिकमले बनाएको छ । देशका अन्य राजमार्ग क्षेत्रहरूमा समेत यसरी नेटवर्क विस्तार गर्ने काम निरन्तर चलिरहेको सहायक प्रवक्ता थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)