दैलेखमा फोर्स गाडी दुर्घटना : १३ बेपत्ता, गोताखोर टोली घटनास्थल जाँदै (अपडेट)
bishowkhabar.com · Thu Jul 02 10:04:04 GMT 2026

दैलेख -दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडामा शुक्रबार दुर्घटना भएको फोर्स गाडीमा १४ जना यात्रु रहेको खुलेको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी जयराज सापकोटाले दुर्घटना भएको गाडीमा १४ जना रहेकोमा १ जना फेला परेको बाँकी १३ जनाको खोजी कार्य भइहेको बताए ।
सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी शुक्रबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको हो । दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार सामग्रीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)