खाजा खर्च र औषधिबिनै खटिँदै सुरक्षाकर्मी
ekantipur.com · Fri Apr 22 00:48:53 GMT 2022
काठमाडौँ — देशभर एकसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन् । तर, अर्थले बजेट निकासा नदिएकाले आर्थिक अभावबीच नै सुरक्षाकर्मीलाई गन्तव्यमा पठाउनुपर्ने अवस्था आएको गुनासो सुरक्षा अधिकारीहरूको छ, स्वयं गृहमन्त्री बालकृष्ण खाँणले ताकेता गर्दा पनि बजेट निकासा नभएको गुनासो औपचारिक बैठकमै गरेका छन् ।
निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्रका करिब १ लाख ७० हजार र म्यादी १ लाख सुरक्षाकर्मी तयारी अवस्थामा छन् । केही ठाउँमा त परिचालन भइसकेका छन् । तर उनीहरूका लागि स्थानीय भत्ता, खाजा खर्च, बिमा खर्च, औषधि खरिद, सञ्चार महसुल, कर्मचारी तालिम खर्च, कार्यालयका लागि घर भाडा, सवारीसाधन खरिद, फर्निचरलगायतका शीर्षकमा अर्थले बजेट दिएको छैन । यसभन्दा अघिका निर्वाचनमा यस्ता सबै शीर्षकमा बजेट निकासा हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)