हिमपातले पर्यटक अलपत्र
ekantipur.com · Sat Oct 08 01:27:34 GMT 2022
लमजुङ — बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी वर्षाले हिमाली जिल्ला मनाङसम्म आउँदा हिमपातको रूप लिएको छ । पछिल्लो समय चिसो मौसममा अत्यधिक चिसो र गर्मीमा बढी तातो हुन थालेको मनाङमा असोज तेस्रो साता (अक्टोबर पहिलो साता) मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।
मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक कर्म गुरुङले यसअघि अक्टोबर पहिलो साता हिउँ परेको अहिलेसम्म थाहा नपाएको बताए । ‘यसअघि सन् २०१४ मा अक्टोबर २० मा हिमपात भएको थियो, त्यो कात्तिक पहिलो साता थियो । त्यसअघि अक्टोबरमै हिमपात भएको थाहा भएन,’ उनले भने, ‘यस पटक अक्टोबर ५/६ मै हिमपात भयो ।’ सन् २०१४ मा हिमआँधी (हुदहुद) आउँदा पर्यटकले ज्यान गुमाएका थिए । अहिले बस्ती क्षेत्रमा २/३ इन्चसम्म हिमपात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)